काडिजलाई २-१ गोलले हराउदै एट्लेटिको मड्रिड शिर्ष तिनमा

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०७८

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । घरेलु मैदान एट्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक एक गोल गरे ।

काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एट्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए । २८ खेलबाट ५१ अंक बनाएको एट्लेटिको शीर्ष तीनमा उक्लिएको छ । काडिज भने २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा छ ।


Published :२८ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media