काठमाडौं । नेपालको राजनीतिमा जस्तोसुकै परिश्थितिमा समेत एउटा पार्टीको कार्यकर्ता भएर जिवनभर संघर्ष गर्नु चानचुने कुरा होइन । स्वार्थ र व्याक्तिगत चाहनाहरुले मानिसहरूका नैतिकता र ईमानहरु संकटमा परेको बेला सिद्धान्त र बैचारिक दृश्टिकोणबाट मानिसहरू स्खलित हुनु सामान्य जस्तै भैसकेको छ। समकालीन राजनीतिमा पद र प्रतिश्ठाका लागी पार्टी परिवर्तन सामान्य बिषय जस्तै बनिसकेको छ। तर कठिन वा सहज परिश्थितिमा पनि पार्टी काममा निरन्तर सक्रिय रहने र सामाजिक गतिविधिमा अब्बल बन्ने कुरालाई सामान्य मान्न सकिन्न ।
बिगत लामो समय देखि काठमाडौमा नेकपा एमालेको राजनीतिमा निरन्तर सक्रिय रहने एकजना व्याक्तिको नाम हो देवी रेग्मी । २०६४ साल देखी एमालेको पार्टी सदस्य रहेकी उनी दुई दुई पटक नेकपा एमालेको क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्य निर्बाचित भएकी थिइन् । तत्कालीन अबस्थामा यूवा सङ्घका गाउँ कमिटी देखि प्रदेश कमिटीका विभिन्न पदमा रहेर काम गरेको यूवा तथा जोसिलो अनुभव उनी सङ्ग छ ।
तत्कालीन अबस्थामा नेकपा एमाले राष्ट्रिय राजनीतिमा पहिलो वा तेस्रो स्थानमा रहेको बेला पार्टीका विभिन्न जिम्मेवारीमा उनी सक्रिय रहिन ।
बूढानीलकण्ठ १० मा सार्बजनिक जग्गा संरक्षण समितिको अध्यक्षको भूमिका समेत निर्बाह गरेकी उनी हाल राजनीतिक मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय छिन् । कर्मशिल महिला अभियानको अध्यक्ष, महिला मैत्री समुहको सचीव सहित अहिले उनी बाल उद्दार माध्यमिक बिधालयको बिधालय व्यवस्थापन समिति सदस्य पनि हुन् ।
हाल उनी नेपाल भुमिहिन सुकुम्बासी संगठनको प्रमुख छिन् भने नेकपा एमाले काठमाडौ जिल्ला सदस्य एबम बूढानीलकण्ठ १२ कि इन्चार्ज पनि हुन् ।
बिगतको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयरको रूपमा शसक्त दावी प्रस्तुत गरेपनि अन्तमा टिकट भने रमादेवी राइले प्राप्त गरेकी थिइन् । आगामी निर्बाचनमा समेत आफू निरन्तर सक्रिय रहने र प्राप्त हुने जस्तोसुकै जिम्मेवारी बेहोर्न तयार रहेको उनको भनाइ छ।