साउदी राजकुमार र परराष्ट्रमन्त्री बीच भेटघाट साथै सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौँ। परराष्ट्रमन्त्री डा नारायण खड्का र नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच आज भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा उनिहरुबीच करिब ३५ मिनेट भेटवार्ता भएको थियो । भेटका क्रममा उनिहरुबीच नेपाल र साउदी अरबको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

राजकुमार साउद र परराष्ट्रमन्त्री डाक्टर खड्काबीचको भेटले दुईदेशबीचको पारस्परिक सम्बन्ध र सहकार्यलाई अझ प्रगाढ बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै दुइ देशबिच सहयोग सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ। सो सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा खड्का र साउदी अरबका विदेशमन्त्री राजकुमार साउदले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, विज्ञान तथा प्रविधि,खेलकुद लगायतका क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गरिने उल्लेख गरिएको परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले जानकारी दिए ।

आज गरिएको सहयोग सम्झौता दुइदेशबीचको आपसी सहमतिका आधारमा कार्यान्यनमा जाने पनि सहसचिव लम्सालले बताए।


Published :१ चैत्र २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media