पल शाहलाइ १४ बर्षसम्मको जेल सजाए हुन सक्ने

काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा दायर भएको छ ।

नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।

अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ ।

उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

घटना छँदा ‘पीडित’ नाबालिग १६ वर्षभन्दा मुनि भएको अभियोगपत्रमा जनाइएको छ ।

पीडितको हालको उमेर १७ वर्ष भए पनि घटना हुँदा १६ वर्षभन्दा कम उमेर भएको आधारमा बढी सजाय माग भएको हो ।


Published :३ चैत्र २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media