तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन रासायनिक मल नेपाल भित्रियो

राष्ट्रपाटी न्युज

१० चैत्र २०७८

काठमान्डौ । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ ।

तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।


Published :१० चैत्र २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media