माधव नेपाल पक्षको (१४ सांसदविरुद्धको मुद्दा) पूर्ण सुनुवाइ स्थगित गर्न निवेदन

राष्ट्रपाटी न्युज

२० चैत्र २०७८

काठमाडौं । करिब सात महिनादेखि पटक-पटक सर्दै आएको एमालेबाट निष्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पेस भएको छ ।

न्यायाधीश अनिलकुरमा सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको पूर्ण सुनुवाइ स्थगन गर्न माधव नेपालसहित १४ सांसद पक्षका वकिलबाट निवेदन पेस भएको छ ।

पूर्ण सुनुवाइका लागि तोकिएको इजलास ‘कम्फटेबल’ नभएपछि आजको सुनुवाइ स्थगित गर्न खोजिएको हो ।

कुनै एउटा पक्षले स्थगनको माग गर्दा सुनुवाइ रोकिन सक्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटका पक्षधर वकिलले भने इजलास छनोटका लागि विपक्षी वकिलले विपक्षीको तर्फबाट स्थगनको निवेदन दिएको आरोप लगाएका छन् ।


Published :२० चैत्र २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media