सत्ता गठबन्धनको बैठक सम्पन्न : बैठक चुनावी तालमेलमा केन्द्रित

राष्ट्रपाटी न्युज

२५ चैत्र २०७८

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले आसन्न स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ ।

आगामी निर्वाचन सम्बन्धमा सो संयुक्त वक्तव्य आज, भोलि नै जारी हुने नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेललगायत गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता थियो ।
बैठक सम्पन्न भइसकेको छ ।


Published :२५ चैत्र २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media