सांघाइमा थपिए २० हजार ६३४ कोभिड संक्रमित, ११ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

सांघाइ । चीनको सांघाइमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । कोभिड संक्रमणको चपेटामा परेको सांघाइमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ । यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।

शुक्रबार सांघाइमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए ।  पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबद्धा रहेको चीन सरकारले जनाएको छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्घकालीन समस्या रहेको पनि जनाइएको छ । त्यस्तै उनीहरू कसैले पनि कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ । (एजेन्सी)


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media