९६ अंकले बढ्यो सेयर बजार

राष्ट्रपाटी न्युज

११ बैशाख २०७९

काठमाडाैं । सेयर बजार नेप्से आइतबार हरियाली छाएको छ । हरियाली छाएको नेप्से आइतबार एकैदिन ९६ अंकले बढेको छ ।

केही महिनादेखि निरन्तर घटेको सेयर बजारमा आइतबार एकैदिन ४.११ प्रतिशतले वृद्धि भएर नेप्से परिसूचक २४ सय २० दशमलब ९७ बिन्दुमा पुगेर बन्द भएको छ ।

सेयर बजारमा उछाल आउँदा कारोबार रकममा समेत वृद्धि भएको छ । नेप्सेमा बुधबार ६६ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबारको कारोबार रकमभन्दा करिब ९० करोड रुपैयाँभन्दा बढी हो ।

बिहीबार नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।  लाइफ इन्स्योरेन्स र नन् लाइफ इन्स्योरेन्सका सेयर धनीले मनग्ये नाफा कमाएका छन् । लाइफ इन्स्योरेन्स परिसूचकमा ४ सय २३ अङ्कले बढेर १३ हजार ३५ बिन्दुमा पुगेको छ भने र नन् लाईफ इन्स्योरेन्स परिसूचक ४ सय ३४ अङ्कले बढेर १० हजार ९ सय ६१ अङ्कमा पुगेर बन्द भएको छ ।

बजारमा १९३ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने एउटा मात्र कम्पनी नेस्टो लघुवित्तका सेयर धनीले गुमाएका छन् । नेप्सेमा  १० कप्पनीको सेयर मूल्यमा सर्किट लाग्दा ३६ कम्पनीले ९ प्रतिशतभन्दा बढी नाफामा कारोबार भएको छ ।


Published :११ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media