रुसी विदेशमन्त्रीले दिए तेस्रो विश्वयुद्धको चेतावनी

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७९

मस्को । रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका छन् ।

विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वकाे सरकारले वार्ताको नाटक गरेको आरोप लगाए । उनले ‘वार्तामा संलग्न भइरहेको’ पनि बताए । लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ भएको चेतावनी दिँदै अगाडि भने, ‘जोखिम गम्भीर छ । यो वास्तविक हो । यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’

वार्ताबाट युक्रेन संकट समाधान हुने संकेत गर्दै उनले अगाडि भने, ‘सम्झौतामा हस्ताक्षर गरेसँगै अवश्य पनि हरेक चिज समाप्त हुनेछ । ’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरिरहेका बेला लाभरोभको नयाँ चेतावनी आएको हो । भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । (एजेन्सी)


Published :१३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media