रुससँग लड्न जर्मनीद्वारा युक्रेनलाई ५० वटा एन्टी–एयरक्राफ्ट ट्यांक सहयोग

राष्ट्रपाटी न्युज

१४ बैशाख २०७९

वर्लिन । जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु सहयोग गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो ।

यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रुसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो ।

यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन् । (एजेन्सी)


Published :१४ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media