एक हजार घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

१५ बैशाख २०७९

काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।


Published :१५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media