युक्रेन अझै पनि रुससँग शान्तिवार्ताका लागि तयार छः युक्रेनी राष्ट्रपति जेलेन्स्की

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७९

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्तिवार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीव्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘रुसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले’ आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहेको उनले बताए । तर, रुसी हमलाबीच वार्ता हराउने उच्च जोखिम देखिएको उनले बताए ।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले रुसी राष्ट्रपति पुटिनले युक्रेनमा गरेको आक्रमणमा ‘भ्रष्टतापूर्ण’ काम गरेको आरोप लगाएको छ । रक्षा मन्त्रालयले प्रवक्ता जोन किरबाइले पुटिनले अत्याचार गरेको समेत बताए । (एजेन्सी)


Published :१७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media