श्रमिकको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्धः प्रधानमन्त्री देउवा

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै  संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘निष्कृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको संगठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।

श्रमिकको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको उनकाे भनाइ छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगार विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सरकारले श्रमिक दिवस मनाउँदैछ ।


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media