काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वारी दिएका खेम मिश्रले “खरायो” चुनाव चिन्ह पाएका छन। नेकपा एमाले चम्पादेवी गाउँपालिका अध्यक्ष रहेका मिश्रले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए। स्वतन्त्र उम्मेद्वारी दिएको भन्दै एमालेले उनि लगायत सिद्दिचरण नगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएका सिताराम गुरुङलाइ समेत पार्टीबाट निष्काशन गरिसकेको छ।
हिजो माओबादिको चरम हिंसात्मक द्वन्द्वमा समेत नेकपा एमाले बचाउन निरन्तर संगठन निर्माणमा लागेको र पार्टीको लागि ज्यान दिन तयार भएर हिंडे पनि पार्टीले मुल्यांकन गर्न नसकेको भन्दै उनले आक्रोश पोखेका छन्। पार्टी विभाजन भएको निकै कठिन अवस्थामा आफुले संगठन र समग्र पार्टी बचाउदा पनि उचित मुल्यांकन नभएको भन्दै विद्रोह गरेको उनि बताउँछन्। संधैभरि नेकपा एमाले पार्टीको संगठन समाप्त पार्ने योजना बोक्ने र एमाले पार्टीका समर्थकमाथि आक्रमण गर्ने र योजना बनाउने लाइ प्रवेश गर्ने बित्तिकै टिकट बाड्ने पार्टीको निर्णय गलत भएको भन्दै खरायो चिन्ह लिएर बिद्रोह गरेको उनि बताउँछन् । छबि कार्की र गुरु लुइटेलका हत्याराहरुलाई एमालेले संरक्षण गर्न लागेको भन्दै आफूले कुनै हालतमा सम्झौता नगर्ने उनको भनाइ छ।