स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

काठमाडौं । काठमाडौँको बबरमहलमा गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा वीर अस्पतालमा राति पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बानेश्वरबाट बबरमहल आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गए राति पौने १२ बजे अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो ।


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media