महानिरीक्षकद्वय सिंह र अर्यालले लगाए फुली

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

काठमाडौं । दुई सुरक्षा निकायका प्रमुखहरूलाई दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका हुन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुली लगाइदिएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजी सिंह र सशस्त्र प्रहरीका एआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सिंहको नियुक्तिमा प्रहरीका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा असन्तुष्ट देखिएका छन् । सशस्त्र प्रहरीबाट भने अर्याल एक्ला दाबेदार थिए । दुईजना अदालत जाने तयारीमा छन् । उनीहरू अदालत जाने सक्ने सम्भावनालाई मध्यनजर गर्दै दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम बिहानै राखिएको हो ।

२०७७ मंसिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका थिए । उनीपछि गत वर्षको असारमा सहकुल थापा एआईजीमा बढुवा भएका थिए । सिंह भने गत चैतमा मात्रै एआईजीमा बढुवा भएका थिए ।


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media