सुनको मूल्य ९७ हजार दुई सय कायम

राष्ट्रपाटी न्युज

२१ बैशाख २०७९

काठमाडौं । सुनको भाउ बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने स्थिर छ । मंगलबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।


Published :२१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media