सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ कायम

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७९

काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार चार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रति तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ ।


Published :२२ बैशाख २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media