रसुवाको आमाछोदिङमो–१ मा एमाले विजयी

राष्ट्रपाटी न्युज

३१ बैशाख २०७९

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत ल्याए भने नेपाली कांग्रेसका देवी तामाङले २४१ मत ल्याए ।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो । यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो ।


Published :३१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media