पाल्पाको तिनाउ-१ मा एमालेको प्यानलै विजयी

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी गठबन्धनका हस्तबहादुर रास्कोटीले ९७९ मत प्राप्त गरे ।

वडा सदस्यमा खुलातर्फ देउबहादुर पुन १ हजार १२१, यमबहादर गाहा १ हजार १२७, महिला खुला सदस्यमा धनकुमारी बगाले १ हजार १३० र दलित महिला सदस्य रुपकुमारी कामी १ हजार १३८ मतसहित विजयी भए । तिनाउ-१ मा २ हजार १५० मत खसेको थियो ।


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media