सुर्नयाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा कांग्रेसका बोहरा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एकीकृत समाजवादी) का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गरेका हुन् । उपाध्यक्षमा भने, नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले राप्रपाका देव बहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन् ।

सुर्नयाका वडाहरुमा भने, मिश्रीत परिणमा आएको छ । वडा न १ मा एमालेका धन बहादुर चन्द विजयी हुँदा वडा न २का राप्रपाका गणेश बिष्ट विजयी भएका छन्, वडा न ३ मा का‌ग्रेसका शम्भु भट्ट विजय हुदाँ वडा न ४ का कांग्रेसकै प्रताप महरा विजयी भएका हुन् । वडा न ६ मा एमालेका मदन अवस्थी विजयी भएका छन् । वडा न ७ मा कांग्रेसका भक्त बहादुर कुँवर र वडा न ८ मा कांग्रेसकै भानबहादुर चन्दले जित हासिल गरेका छन् ।


Published :२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media