एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयोः महासचिव पोखरेल

काठमाडौ‌ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्‍ता गठबन्धनको प्रयास पूर्ण रुपमा असफल पारिदिएको बताएका छन् । तर, अपेक्षा गरेजस्तो परिणाम भने प्राप्त नभएको बताए ।

दलीय प्रतिस्पर्धा भएको भए देशमा एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुने जनमतले प्रकट गरेको उनको तर्क छ ।

निर्वाचनको प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ  गरेको आरोप पनि महासचिव पोखरेलले लगाए  । परिणाम आएपछि एमालेले  टिप्पणी नगरेको रुपमा चर्चा भएको भन्दै उनले त्यसको खण्डन गरे ।

परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेको म‌ंगलबार आयोजित मदन-आश्रित स्मृति दिवसमा भने ।

उनले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेको पनि आरोप लगाए ।


Published :३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media