काठमाडौंमा राप्रपाको उदयः शंखरापुरमा राप्रपाका रमेश नापित विजयी

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेद्वारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपाका नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेद्वारले ४,४७८ मत ल्याएका छन् ।

०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णुकुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानलसहित जितेका छन् ।


Published :४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media