१५ हजारभन्दा बढी मतका साथ अगाडि बढ्दै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र शाहले १५ हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार उनले आज बिहानको पछिल्लो मत परिणाम अनुसार १५ हजार ४०२ मत पाएका हुन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले बालेन अगाडि छन् । स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत ‍प्राप्त गरेका छन् ।

३९ हजार ५२० मत गणना सकिएको छ भने वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को मतगणना जारी रहेको छ ।


Published :४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media