साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा कांग्रेस विजयी 

राष्ट्रपाटी न्युज

जेष्ठ ५, २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात पारेको छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवारले हालसम्म २५२ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् । स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

हाल मतगणना भइरहेका पालिकामध्ये ६८ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । गत ३० वैशाखमा देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो ।


Published :जेष्ठ ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media