५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९ हजार ३०३ उम्मेदवार निर्वाचित

काठमाडौं । हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए ।

हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भइसकेका छन् । जसमा प्रमुखमा १७४ जना, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ६५६ जना  र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका प्रवक्ता पौडेलले बताए ।

३५ हजार २२१ पदमध्ये हालसम्म करिब ८० प्रतिशत स्थानको मतगणना सम्पन्न भइसकेको उनको भनाई छ ।  ५ जेठभित्रमा मतगणना सम्पन्न गर्न आयोगले यसअघि नै निर्देशन दिएको थियो । तर, मतगणना नसकिएका स्थानमा बढीभन्दा बढी जनशक्ति परिचालन गरेर मतगणना गर्न आयोगले निर्देशन पनि दिएको छ ।


Published :५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media