कागेश्वरी मनोहराको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले विजय प्राप्त गरेको छ ।

मेयरमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की र उपमेयरमा नेकपा एमालेकी शान्ता थापाले विजय प्राप्त गरेकी छन् ।

का‌ंग्रेसका कार्की ११ हजार ३२२ मतसहित मेयरमा चुनिंदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा नेकपा एमालेकी शान्ता थापा ९ हजार ८७५ मतसहित विजयी भइन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईंलाई ४ हजार ४५३ मत अन्तरले पराजित गरिन् ।


Published :६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media