४८ हजार ९२२ मतका साथ बालेन सबैभन्दा अघि

राष्ट्रपाटी न्युज

१० जेष्ठ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ४८ हजार ९२२ मतका साथ सबैभन्दा अगाडि रहेका छन् ।

साहलाई नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार २५ मतका साथ पछ‍्याइरहेकी छिन् । एमालेका केशव स्थापित २९ हजार १५९ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ६५४ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २ हजार ९ सय ९६ मत  पाएका छन् भने विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले ३ सय ४४ मत ल्याएकी छिन् ।

यता काठमाडौंको उपमेयरमा भने एमाले भारी मतले अगाडि रहेको छ । एमालेकी उपमेयर पदकी उम्मेद्वार सुनिता डंगोल ४४ हजार ७ सय ५ मतका साथ अग्रस्थानमा छिन् । सोही पदमा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले १५ हजार २ सय ८२ मत मात्र पाएका छन् । उनीहरुबीच २९ हजार ४ सय २३ मतको मतान्तर रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ७ हजार २३ मत ल्याएकी छिन् ।


Published :१० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media