कोभिडले १० लाख मानिस चरम गरिबीमा फस्छन्ः अक्सफाम प्रतिवेदन

राष्ट्रपाटी न्युज

१० जेष्ठ २०७९

डाभोस । कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एकजना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ ।

अक्सफामको हालसालैको प्रतिवेदन ‘प्रोफिटिङ फ्रम पेन’मा कोभिड–१९ महामारीले हरेक ३० मिनेटमा नयाँ अर्बपति सृजना गरेको र सन् २०२२ मा यही गतिमा १० लाख मानिस चरम गरिबीमा धकेलिने उल्लेख छ ।

प्रतिवेदनअनुसार खाद्य र उर्जा क्षेत्रका अर्बपतिहरूले प्रत्येक दुई दिनमा १ अर्ब डलरले आफ्नो रकम बढाइरहेका छन् किनकि महत्वपूर्ण वस्तुहरूको मूल्य दशकौँको तुलनामा द्रुतगतिमा बढेको छ ।

कोभिड–१९ पछि पहिलो पटक व्यक्तिगत रूपमा डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन भइरहेका बेला प्रतिवेदन सार्वजनिक भएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय परोपकारी संस्थाले कम भाग्यमानीहरूलाई मद्दत गर्न धनीहरूलाई कर लगाउने समय भएको तर्क गरेको छ ।

कोभिड र बढ्दो मूल्य बृद्धिका कारण २६ करोड ३० लाख मानिसहरू यसै वर्ष चरम गरिबीमा धकेलिने अक्सफामले अनुमान गरेको छ । यस हिसाबले हरेक ३३ घन्टामा १० लाख मानिस गरिबीमा धकेलिनेछन् । (एजेन्सी)

 


Published :१० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media