काठमाडौंलाई विश्वकै विकसित सहर बनाउँछुः नवनिर्वाचित मेयर बालेन साह

राष्ट्रपाटी न्युज

१३ जेष्ठ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकामा विजय भएपछि बालेन साहले राष्ट्रियसभा देखी तीनकुनेसम्मको क्षेत्रफलमा विजयी -याली गरेका छन् ।

राष्ट्रियसभावाट सुरु भएको बिजय -यालीमा उनका समर्थकहरुले सहभागिता जनाएका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेनले मुलुकको राजधानीमा विजयी प्राप्त गरेका हुन् ।

विजय जुलुसमा सहभागी हुनुअघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । विजय र्‍याली जारी छ । तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेपछि विजय जुलुस समापन हुने आयोजकले जनाएका छन् ।


Published :१३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media