काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने भएका छन् ।
प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आधा कार्यकाल नेकपा (एकीकृत समाजवादी) ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको बताए ।
उनले भने, ‘आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो ।’
४ कात्तिकमा बसेको कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।