प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

राष्ट्रपाटी न्युज

१४ जेष्ठ २०७९

काठमाडौँ । आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बस्ने भएको हो ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

जेठ १० गते बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

सरकारको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।


Published :१४ जेष्ठ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media