गोकर्ण विष्टको टिप्पणी- सरकारको नीति तथा कार्यक्रम चौबाटोको बटुवा र कुहिराको काग

राष्ट्रपाटी न्युज

१४ जेष्ठ २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध नगर्ने बताएका छन् । उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘चौबाटोमा बसेको बटुवा र कुहिरोका काग’ को संज्ञा दिए ।

‘हरेक वर्ष बजेट आउनुअगाडि सरकारले नीति कार्यक्रम प्रस्तुत गर्छ । यही परम्परालाई ध्यान दिँदै कार्यक्रम आएको छ । कार्यक्रममार्फत अग्रगामी परिवर्तनलाई बाटो देखाउने र समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध गर्नुपर्ने थियो तर नीति तथा कार्यक्रम चौबाटोमा बसेको बटुवा र कुहिरोको काग भएको छ, विष्टले टिप्पणी गरे ।

नीति तथा कार्यक्रम विद्यमान गम्भीर समस्या र चुनौतीहरूलाई सामना गर्ने सन्दर्भमा फितलो भएको उनको टिप्पणी छ । कार्यक्रमले अर्थतन्त्रमा देखिएको सङ्‍कटलाई समाधान गर्न नसक्ने दाबी उनले गरे । स्थानीय तह निर्वाचनमा सत्ता पक्षबाट शक्तिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्ने काम भएको आरोप उनले लगाए ।


Published :१४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media