काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरकार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । उनले कार्यभार सम्हालेकै दिन सो निर्णय गरेका हुन् ।
सोमबार पदभार सम्हालेपछि मेयर साहले महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरे । नगर कार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजेका लागि डाकिएको छ । उनले आफ्नो घोषणापत्रअनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने समेत बताए । काठमाडौंको फोहोर व्यवस्था पहिलो प्राथमिकता रहेको उनले बताए ।
नवनिर्वाचित प्रमुख साहले आजै राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।