बजेट मतदाता रिझाएर भोट बटुल्ने उद्देश्यमा मात्र केन्द्रितः पूर्वअर्थमन्त्री पौडेल

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७९

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् । आगामी आव २०७९-८० को बजेटमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलका क्रममा बोल्दै पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरेका छन् ।
आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएकाले यो चुनावी सरकारले त्यसलाई बिर्सिएर पूर्ण अवधिको सरकारको जस्तै बजेट प्रस्तुत गरेको बताएका छन् । बजेट चुनावी घोषणापत्र जस्तो भएको बताउँदै पौडेलले मतदाता रिजाएर भोट बटुल्ने उद्देश्यमा मात्र केन्द्रित हुनुले बजेटको मर्ममा प्रहार भएको टिप्पणी गरेका छन् ।
वर्तमान सरकार बनेयता प्रतिदिन आर्थिक परिसूचक नकारात्मक बनेको आरोप लगाउँदै पौडेलले आगामी आवमा परिस्थिति अझ जटिल बन्न सक्ने चेतावनी दिएका छन् ।
साधारण खर्च बढाइनु र पुँजीगत खर्च घटाइनुले बजेटको मूख्य लक्ष्य नै नेपाली जनता र दातृ संस्थालाई झुक्याउनु रहेको बताएका छन् ।
सरकारले वार्षिक ८ लाख नेपालीलाई गरिबीबाट माथि उठाउने घोषणासमेत आधारहिन रहेको वताउँदै पौडेलले निर्यातबारे यथार्थ मार्गचित्र प्रस्तुत गर्न नसकेको बताएका छन् ।
बजेटले कृषिलाई आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प त्यागेको भन्दै नेता पौडेलले कृषि क्षेत्रको आयात कम हुने नीति नआएको बताए । बजेटका प्राथमिकता र उद्देश्यमा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रले प्राथमिकता नपाएको वताउँदै पौडेलले कार्यक्रम र योजना व्यक्ति र समूह विशेषलाई लक्षित गरेर आएको आरोप लगाएका छन् ।
वित्त क्षमताभन्दा बढी खर्च भएको र स्रोत जुट्ने विश्वसनीय आधार बजेटमा नभएको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले लगानी घटाएर चमत्कारको दावी गरिएको र काल्पनिक कार्यक्रम आएको बजेट निवन्ध जस्तै भएको र यसले डेलिभरी दिन नसक्ने दावी गरेका छन् ।
वितरणमुखी कार्यक्रम ल्याउने अर्थमन्त्रीले सामाजिक सुरक्षा भत्ता भने ५ हजार किन नपुर्‍याएको भनेर प्रश्न गरेका छन् ।


Published :१७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media