अफ्रिकी देश चाडको सुनखानीमा झडप हुँदा सय मजदुरको मृत्यु, ४० जना घाइते

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७९

एनडीजामेना । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुनखानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ ।

झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ ।

१० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए । सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए ।

घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए । (एजेन्सी)


Published :१७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media