बेलायतमा मंकीपक्सका ७१ संक्रमित फेला, यौन सम्पर्कबाट टाढा रहन सरकारको निर्देशन

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०७९

लन्डन । बेलायतमा मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ ।

संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार भाइरस भएका जोकोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिएको छ ।

सावधानीको रूपमा संक्रमणपछि आठ हप्तासम्म कन्डम प्रयोग गर्न भनिएको छ । संक्रमणको जोखिम न्यून रहेको तर, मानिसहरू नयाँ दाग वा घाउप्रति सर्तक हुनुपर्ने यूकेएचएसएले सुझाव दिएको छ ।

स्कटल्यान्डमा चार, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा एकजनामा कोभिड देखिएको छ । शरीरमा रातो फोका देखिनु र हल्का ज्वरो आउनु मंकीपक्स संक्रमणका लक्षण हुन् ।

भाइरस संक्रमित र उनीहरूको सम्पर्कमा रहेकालाई २१ दिनसम्म घरमा अलग्गै बस्न भनिएको छ । (एजेन्सी)


Published :१९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media