घट्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०७९

काठमाडौं । डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटेको छ ।

नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन ।

अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको हो ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।


Published :१९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media