भारतको उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२३ जेष्ठ २०७९

नयाँ दिल्ली । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।

बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले जानकारी दिएको छ । त्यस बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालकसहित ३० जना सवार रहेका थिए ।

भारतको एक समाचार समिति, एसियन न्युज एजेन्सीले सो समाचारको पुष्टि गरेको छ । साथै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि सो दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

उक्त बसमा हरिद्वारबाट तिर्थयात्रीहरु गएका थिए । बसमा सवार सबै यात्रु चारधाम तीर्थ यात्राका लागि जाँदै थिए । त्यसमा परेर पाँचजना घाइते भएका बताइएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

बसमा चालक र क्लिनरबाहेक १४ पुरुष र १४ महिला सवार थिए । उत्तराखण्डका मुख्यमन्त्री धामी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आज देहरादूनबाट दुर्घटनास्थलतर्फ प्रस्थान गर्न लागेको पनि बताइएको छ ।  (रासस/सिन्ह्वा)


Published :२३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media