नाइजेरिया चर्च हमलाः मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो

राष्ट्रपाटी न्युज

२६ जेष्ठ २०७९

लागोस । नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परी मृत्यु हुने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले बुधबार सो कुराको जानकारी दिएका हुन् ।

नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम विस्फोट गराउनुका साथै गोली प्रहार गरेर ती व्यक्तिको हत्या गरिएको थियो ।

ओन्डो राज्यका गभर्नर आरकुनरिन रोटिमीले बुधबार दिएको जानकारीअनुसार सो हमलामा परेर अरु ६१ जना घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले अझै अस्पतालमा नै भर्ना गरिएको छ ।

ओयो सहरस्थित सो चर्चमा पहिले पनि यसैगरी हिंसात्मक हमला भएको थियो । तर यस पटकको पछिल्लो यो हमला शक्तिशाली रहेको बताइएको छ । (रासस/सिन्ह्वा)


Published :२६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media