१ हजार पाँच सय बढ्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७९

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार ५०० ले बढेर रु ९९ हजार २०० पुगेको छ ।

पहेंलो धातु सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २८० पुगेको महासङ्घले जनाएको छ ।


Published :२९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media