युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने बेलायती रक्षामन्त्रीको भनाइ

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७९

काठमाडौँ । बेलायती रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । युक्रेनको भ्रमणमा रहेका बेलायती रक्षामन्त्री बेन वालेसले युक्रेनी समकक्षी ओलेक्सेइ रेज्निकोभसँगको भेटघाटपछि यसको जानकारी दिएका हुन् ।

उनीरुबीच भएको भेटवार्ताका क्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी दिए ।

अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने बेलायती रक्षामन्त्री वालेसले जानकारी दिएका छन् ।

अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री रेजनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।

युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि बेलायती रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए ।

त्यस भ्रमणका क्रममा बेलायतप् प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १ दशमलब ६ अर्ब बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए । (रासस)


Published :२९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media