देउवाको चरित्रले राष्ट्रलाई नोक्सानी गरेको वामदेव गौतमको आरोप

काठमाडौँ । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्रले राष्ट्रलाई हानि नोक्सानी गरेको आरोप लगाएका छन् ।

आजको राष्ट्रियसभा बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीका सन्दर्भमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सांसद गौतमले अरुले सहयोग गरे हात थाप्न तयार हुने खालको देउवाको चरित्र रहेको बताएका छन् । एसपीपी सम्झौता गर्न देउवा तयार भएको भन्दै उनले भने- उहाँ देशको विकास हुन्छ भने के–के गर्नुपर्छ सबै गर्न तयार भइदिनुहुन्छ । कसैले सहयोग गर्छ हात थापिहाल्नुपर्छ । उहाँको चरित्र त्यस्तो हो ।

देउवाको यो चरित्रले उनी स्वयंलाई पनि धेरै नोक्सान गरेको गौतमले बताए । राष्ट्रलाई पनि नोक्सान गरेको छ । सम्भवतः कांग्रेसलाई पनि नोक्सान गरेको छ- उनले भने । गौतमले देउवा एसपीपी आउनेवित्तिकै सम्झौता गर्न तयार भएको आरोप लगाए । यति महत्वपूर्ण विषय गुमराहमा राखेर सम्झौता गर्ने तयारी हुनु गलत भएको उनको भनाइ छ । गम्भीर विषयमा देउवाले आफैं आएर संसद् फेस गर्नुपर्नेमा उनले जोड दिए ।


Published :३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media