पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदमा उजुरी

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी दर्ता गरिएको छ ।

कानुन व्यवसायी किशोर पौडेल, अनुपम भट्टराई र कानुनका विद्यार्थी विद्यार्थी रेजिना पौडेयालले ’प्रतिनिधिसभा सदस्यको आचारसंहिता उल्लंघन’ गरेको भन्दै आलेविरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी दर्ता गरेका हुन् ।
केही दिनअघि मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात गरेको आरोप लगाइएको थियो ।

आलेले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामति कर्मचारीहरूलाई अश्लिल तथा अपशब्द प्रयोग गर्ने गरेको  उजुरीमा उल्लेख छ ।

सभामुख तथा आचारण अनुगमन समितिका सभापति अग्निप्रसाद सापकोटा, विपक्षी दलका नेता केपी शर्मा ओली, समितिका सचिव र संघीय संसदका महासचिवलाई उजुरीको वोधार्थ दिइएको छ । उजुरीपत्रमा अडियोसम्बन्धी आवश्यक अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्न समितिसमक्ष अनुरोध गरिएको छ ।

सांसदको आचारसंहिकताको विषयमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधिसभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचारण अनुकूलको व्यवहार गर्ने उल्लेख छ । यस्तै सोही नियमको उपनियम (२ )मा आचारसंहिता प्रतिनिधिसभाका पदाधिकारी र सदस्यको सार्वजिनक जीवनका सबै पक्षमा लागू हुने विषय समेत उल्लेख छ ।


Published :५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media