अखिलको बैठकमा कुटाकुट, स्थिति नियन्त्रणमा लिन बोलाइयो प्रहरी

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा कुटाकुट भएको छ । बैठकमा भएको कुटाकुट नियन्त्रणमा नआएपछि नेपाल प्रहरीलाई बोलाइएको छ ।

केन्द्रीय समितिलाई पूर्णता दिन बोलाइएको सो बैठकमा उपाध्यक्ष पवन कार्की समूहलाई बेवास्ता गरिएको भन्दै हो–हल्ला भएपछि बैठकस्थलमा कुटाकुट भएको बताइएको छ ।

नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधिविधान लागू गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । सो घटनालगत्तै प्रहरी बोलाएर स्थितिलाई सामान्य बनाइएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । आफू निकटलाई मात्रै केन्द्रीय समितिमा पारेको तथा पदाधिकारी चयन गरेको भन्दै कार्की समूहले बैठकमा नाराबाजी गरेका थिए । उनीहरुले फ्रयाक्सन इन्चार्ज हितमान शाक्यको राजीनामासमेत माग गरे ।


Published :५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media