बढ्यो गाडीभाडा, कहाँ जान कति ? (मूल्यसूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले गाडीभाडा बढाएको छ । विभागले यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै गाडीभाडा बढाएको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको यातायात व्यवस्था विभागले जनाएको हो ।

सरकारले हालै १६ प्रतिशतभन्दा बढी हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ९.९४ प्रतिशत, यात्रुवाहक सावरी साधनमा ५.३० प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधामा ७.७ प्रतिशत भाडावृद्धि भएको छ ।

हेर्नुहोस् कहाँ जान कति लाग्छ ?


Published :६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media