मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा 

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम वदली रहेको छ भो केही स्थानमा हल्का बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

सोमबार दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 


Published :१३ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media