उपत्यकामा भेटिए १२ जना हैजाका बिरामी

काठमाडौँ । काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चारजनाको उपचार भइरहेको छ ।

यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुईजनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरु काठमाडौं महानगरपालिका–२८ बागबजारमा बस्दै आएका थिए ।


Published :१३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media