अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएपछि सो समिति बनेको हो ।

एमालेले निरन्तर संसद अवरुद्ध गर्ने संकेत पाएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् । ११ सदस्यीय संसदीय छानबिन समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई-दुई जना रहनेछन् ।

यसैगरी जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक– एक जना रहने बताइएको छ । ११ सदस्यीय समिति बनाउने टुंगो लागेको भए पनि नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन ।


Published :२२ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media